Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ, हुण्डी कारोबारी हुनसक्ने आशंका !

अर्थ सरोकार

काठमाडौँ । सर्लाहीबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका-४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका-१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन् ।

भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हुण्डी कारोबारीको आशंकमा उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK