Skip to content
LAXMI SUNRISE BANK

उपभोक्ता ठग्न खोज्ने दुई फर्मलाई जरिवाना

अर्थ सरोकार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो ।

त्यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सोमबार कूल ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK