काठमाडौँ । विश्व बजारमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको उल्लेख गर्दै अमेरिकी केन्द्रिय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले संघीय कोषको ब्याजदर (फेडरल फण्ड्स रेट) ३.५ देखि ३.७५ प्रतिशतकै सीमामा कायम राख्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा हालैका आर्थिक सूचकहरूले अमेरिकी आर्थिक गतिविधि सन्तोषजनक गतिमा विस्तार भइरहेको देखाएका छन् । यद्यपि रोजगारी वृद्धिदर औषत रूपमा न्यून रहेको र बेरोजगारी दरमा खासै परिवर्तन नआएको बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा ऊर्जाको मूल्यमा भएको वृद्धिका कारण मुद्रास्फीति अझै पनि उच्च तहमा रहेको बैंकको ठहर छ । फेडरल रिजर्भले मध्यपूर्वमा जारी तनावका कारण विश्व आर्थिक परिदृश्यमा अनिश्चितता थपिएको उल्लेख गर्दै यसले उत्पन्न गर्नसक्ने जोखिमप्रति आफू सजग रहेको बताएको छ ।
कमिटीले आगामी दिनमा ब्याजदर समायोजनको आवश्यकता र समय निर्धारण गर्दा प्राप्त हुने तथ्यांक, बदलिँदो आर्थिक परिदृश्य र जोखिमको सन्तुलनलाई ध्यानपूर्वक मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई आफ्नो २ प्रतिशतको लक्ष्यमा फर्काउने र अधिकतम रोजगारी सुनिश्चित गर्ने प्रतिवद्धतालाई पुनः दोहोर्याएको छ ।
ब्याजदर यथावत राख्ने निर्णयको पक्षमा कमिटीका १२ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए । कमिटीका सदस्य स्टेफन मिरानले भने ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाउनुपर्ने धारणा राख्दै उक्त निर्णयको विपक्षमा मतदान गरेका थिए । अन्य तीन सदस्यले ब्याजदर यथावत राख्ने निर्णयलाई समर्थन गरे तापनि सोही विज्ञप्तिमा ‘ब्याजदर घटाउन सक्ने संकेत’ समावेश गर्ने विषयमा भने असहमति जनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्