काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ता युद्धबिराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामको सहमति भएको घोषणा गरेका हुन् ।
अमेरिका र इरानबीच द्वन्द चर्किएपछि इरानले बन्द गरेको स्ट्रेट अफ हर्मुज खुला गर्न ट्रम्पले पटक पटक चेतावनी दिँदै आएका थिए । तर, पनि इरानले स्ट्रेट अफ हर्मुज खोल्ने कुनै संकेत देखाएको थिएन ।
तर, बुधबार बिहानसम्म स्ट्रेट अफ हर्मुज खुला नगरे सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने ट्रम्पले धम्की दिएका थिए । तर, ट्रम्पले दिएको अल्टिमेटम पूरा नहुँदै युद्धबिरामको सहमति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पको धम्कीपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभर दुवै पक्षसँग छलफल गरेका थिए । सो छलफलपछि युद्धबिराहको सहमति भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्