Skip to content
LAXMI SUNRISE BANK

एउटा कम्पनीको ग्यास अर्कोसँग साट्दा ५ सय तिर्नुपर्ने बाध्यता हटाउन एमाले सांसदको माग

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले ग्यास सटही गर्दा ५ सय रुपैयाँ तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न माग गरेकी छिन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन् । 

उनले हाल एउटा कम्पनीको ग्यास सिलिन्डर अर्को कम्पनीसँग साट्न अतिरिक्त ५ सय रुपैयाँ शुल्क तिर्नुपर्दा उपभोक्ताहरु मर्कामा परेको बताएकी छिन् । 

ग्यास कम्पनीहरुबीच समन्वय गरेर भए पनि उपभोक्तालाई अतिरिक्त शुल्कबिना सहज रुपमा ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन देवकोटाले सरकारसँग माग गरेकी छिन् ।

त्यस्तै, सांसद देवकोटाले मध्यपूर्वको द्वन्दले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको र दैनिक उपभोग्य वस्तुको मूल्य पनि अस्वभाविक रुपमा बढ्दा भान्सा प्रभावित भएको भन्दै त्यसतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरेकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK