Skip to content
LAXMI SUNRISE BANK

एमाले नेता बादललाई जथाभावी नबोल्न पार्टीले सचेत गराउने !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई जथाभावी नबोल्न सचेत गराइने भएको छ । पार्टीको शुक्रबार बस्ने सचिवालय बैठकबाट बादललाई जथाभावी नबोल्न सचेत गराइने भएको हो । 

थापाले चैत १९ गतेको प्रतिनिधि सभा बैठकमा जेन-जी आन्दोलन र फागुन २१ गतेको चुनावको सन्दर्भमा पार्टीको मूल्य मान्यता विपरीत अभिव्यक्ति दिएको पार्टीको निष्कर्ष रहेको एमालेका एक नेताले बताए ।

पार्टीको नीति र अडानविपरीत संसदमा अभिव्यक्ति दिएपछि शुक्रबार बस्ने सचिवालय बैठकले बादललाई सचेत गराउने तयारी भएको एमाले नेताले बताएका छन् ।

बादलले संसद बैठकमा दिएको अभिव्यक्तिका विषयमा हाल चौतर्फी आलोचना भइरहेको छ । पार्टीकै नेताहरुले पनि बादलको अभिव्यक्ति संसदीय मान्यता र पार्टीको अडानविरीत भएको भन्दै आलोचना गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK