Skip to content
LAXMI SUNRISE BANK

सामुदायिक लघुवित्तका इकाई प्रमुख पक्राउ, कर्जा प्रवाह देखाएर लघुवित्तको पैसामा गर्थे ‘रजाइँ’ !

अर्थ सरोकार

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाका इकाई प्रमुख सन्तोष मगर पक्राउ परेका छन् । शाखा प्रमुख हुँदा गैरकानूनी रुपमा संस्थाको रकम अपचलन गरेको आरोपमा मगरलाई पक्राउ गरिएको हो ।

सिन्धुलीको फिक्कल गाउँपालिका-१ घर भएका २७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-५ मधुटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरीका अनुसार मगरले लघुवित्तको सल्लेरी लगायतका विभिन्न शाखामा कार्यरत रहँदा कृत्रिम कर्जा प्रवाह भएको देखाएर आर्थिक अपचलन गरेको भन्दै संस्थाको तर्फबाट अख्तियार प्राप्त प्रतिनिधि वाङ्गेल लामाले उजुरी दिएका थिए ।

सोही जाहेरीका आधारमा उच्च अदालत विराटनगरबाट मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीमा जाहेरी परेको थाहा पाएपछि फरार भएका मगरलाई सिन्धुलीबाट पक्राउ गरी सोलुखुम्बु लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरविरुद्ध ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अनुसार ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK