Skip to content
LAXMI SUNRISE BANK

अमेरिका-इरान युद्धबिरामः एसियाली सेयर बजारमा उछाल, कच्चा तेलको मूल्यमा भारी गिरावट

अर्थ सरोकार

काठमाडौँ । इरान-अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । मध्यपूर्वमा सैन्य तनाव कम भएको र हर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि एशियाली सेयर बजारमा उछाल आएको हो । 

जापानिज सेयर बजार ‘निक्केई २२५’ मा ५.२८ प्रतिशत (२,८२२.४४ अंक) को बढोत्तरी देखिएको छ भने दक्षिण कोरियाको ‘कोस्पी’ ५.६१ प्रतिशत अर्थात ३०८.११ अंकले बढेको छ । 

भारतको निफ्टी पनि ३ प्रतिशतभन्दा बढीले बढेर २३,८४१ को स्तरमा पुगेको छ । अन्य क्षेत्रीय सूचकांकजस्तै हङकङको ‘ह्याङ सेङ’ ३.०४ प्रतिशत र ताइवान ‘वेटेड’ ३.७२ प्रतिशतले बढेका छन् ।

त्यस्तै, युद्धविरामको घोषणाले ऊर्जा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य १३.०४ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.०२ डलरमा पुगेको छ भने अमेरिकी कच्चा तेल १३.७६ प्रतिशतले घटेर ९७.४१ डलरमा झरेको छ । अर्कोतर्फ, सुनको मूल्यमा भने २.१३ प्रतिशत (१००.४५ अंक) को वृद्धि देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK