Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक यातायात चढ्नेबित्तिकै २५ रुपैयाँ तिर्नुपर्ने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि सार्वजनिक यातायात चढ्नेबित्तिकै २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएसँगै अबदेखि यात्रुले छोटो दूरीका सार्वजनिक यातायात चढ्नेबित्तिकै न्यूनतम २५ रुपैयाँ भाडा तिर्नुपर्ने भएको हो । 

बुधबार मात्र सरकारले यात्रुवाहक सवारीका हकमा १६.७१ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको छ । 

यसो त यसअघि छोटो दूरीका सार्वजनिक यातायात चढ्दा न्यूनतम २० रुपैयाँ भाडा तिर्नुपर्थ्यो । तर, भाडादर समायोजनसँगै अब सार्वजनिक यातायात चढ्दा न्यूनतम २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

यात्रुवाहक सवारीबाहेक सरकारले पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा १५.७५ प्रतिशतले भाडा बढाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK