Skip to content
LAXMI SUNRISE BANK

सरकारी कर्मचारीका ८ र स्वास्थ्यका ४ ट्रेड युनियन खारेज

अर्थ सरोकार

काठमाडौँ । सरकारले १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको हो । 

विभागले एक सूचना जारी गर्दै ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरु खारेज गरिएको जनाएको छ । 

खारेज हुने ट्रेड युनियनहरुमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन् ।

त्यस्तै, स्वास्थ्यकर्मी ट्रेड युनियनतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन खारेज भएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK