काठमाडौँ । गोरखा मिडिया नेटवर्क प्रालिलाई घर खाली गर्न १५ दिनको म्याद दिइएको छ । एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले गोरखा मिडियालाई ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर १५ दिनभित्र खाली गर्न भनेको हो ।
उक्त समयभित्र घर खाली नगरे ‘महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ दफा ७० बमोजिम सरसामान लिलाम हुने महानगरको सूचनामा उल्लेख छ ।
उक्त सूचनामा काठमाडौँ महानगरपालिका-३ बस्ने मृगेन्द्र प्रसाद मिश्रले गितेन्द्रबाबु राई (जिबी राई) अध्यक्ष भएको गोरखा मिडिया नेटवर्कसँग ‘भाडा असुलउपर गरी घर जग्गा खाली गराई पाउँ’ भन्दै काठमाडौँ महानगरपालिका न्यायिक समितिमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घरजग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने निर्णय भई उच्च अदालत पाटनबाट २०८२ साउन २८ गते २ महिनाभित्र निर्णय कार्यान्वयन गर्न महानगरको नाममा परमादेश जारी भएको थियो ।
निर्णय भएको ६ महिना पूरा भएकोले ‘ग्यालेक्सी फोरके’ मा भएको सामानहरु लिलाम गरिपाउँ भन्दै मिश्रले २०८३ वैशाख २१ गते निवेदन दिएकोले कम्पनीलाई घर खाली गर्न १५ दिनको समय दिइएको सूचनामा उल्लेख छ ।
तर, दिइएको समयमा पनि घर जग्गा खाली नगरे सामान लिला गर्ने महानगरले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्