Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने ४ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने भारतीय नागरिकसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेका २४ वर्षीय मो. अलताव खाँ, सल्यानका १९ वर्षीय केशव सुनार, भारतका २९ वर्षीय संजय कुमार र भारतकै ५२ वर्षीय नगेन्द्र शाह रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अलताव खाँले बुल्गेरिया पठाउने भन्दै ५१ लाख रुपैयाँ, केशव सुनारले क्यानडा पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ, संजय कुमार र नगेन्द्र शाहले बेलायत पठाउने भन्दै २२ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएका थिए ।

उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK