काठमाडौँ । ८ विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । एक सार्वजनिक सूचना जारी गर्दै उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
सूचनामार्फत समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति पदमा दरखास्त आह्वान गरिएको छ ।
सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न सक्नेछन् ।
सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरुलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो । उपकुलपति पदका लागि बैशाख २४ गते एकीकृत कार्यविधि समेत स्वीकृत भइसकेको छ । उक्त कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्