Skip to content
LAXMI SUNRISE BANK

३ दशकपछि स्वास्थ्य क्षेत्रमा ९ सय ७७ दरबन्दी थपिँदै !

अर्थ सरोकार

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा ९ सय ७७ स्थायी दरबन्दी थप गर्ने तयारी गरेको छ । दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट समेत स्वीकृत भइसकेको छ । 

स्वास्थ्य मन्त्रालयले स्थायी प्राविधिक र विशेषज्ञमा ९ सय ७७ दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ । 

मन्त्रालय स्रोतका अनुसार हाल स्वास्थ्य क्षेत्रमा अति आवश्यक दरबन्दी थप गर्न लागिएको हो । अर्थ मन्त्रालयबाट स्वीकृत भएको उक्त प्रस्ताव अब मन्त्रिपरिषद्बाट पास हुन भने बाँकी छ ।

यसो त यसअघि थुप्रै पटक स्वास्थ्य मन्त्रालयले दरबन्दी थप गर्न प्रस्ताव गर्दै आएको थियो । तर, सरकारले स्वीकृति नदिँदा दरबन्दी थप हुन सकेको थिएन । तर, अब भने ३ दशकपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी थप्ने प्रस्ताव रास्वपा सरकारले स्वीकृत गर्ने लगभग पक्का छ । यसले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति हुनुका साथै स्वास्थ्य क्षेत्र थप व्यवस्थित र नागरिकमैत्री हुनेमा विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK