Skip to content
LAXMI SUNRISE BANK

सिए पढ्ने सोच्दै हुनुहुन्छ ? भर्ना अघि यी तथ्य जानिराख्नुहोस है ! (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । प्लस टुको परीक्षा दिएका भाइबहिनीहरु, परीक्षा राम्रै भयो होला । राम्रै भयो होला र त सिए पढ्ने सोच बनाईरहनुभएको होला । हो, प्लस टुपछि सिए पढ्ने, चार्टर्ड एकाउण्टेन्ट बन्ने । तपाईंको यो सोच र सपनाभित्र भविष्यको उज्ज्वल ज्योति छ । करियरको मिठो अध्याय छ । सफलताको शिखरमा पुग्न सहज त पक्कै हुने छैन, तर बुझेर अघि बढे, यो यात्राले तपाईंका धेरै समस्याको समाधान गर्नेछ, र तपाईंको करियर, एउटा सफल सिएको रुपमा दर्ज हुनेछ ।

तर, सिए पढ्ने निर्णय गर्नुअघि, केहि भ्रमबाट मुक्त हुन जरुरी छ । किनकि भ्रम पाल्नु भनेको कुनै च्याप्टर गलत बुझ्नुजस्तै हो । सिएका बारेमा आधाउधी बुझ्नु भनेको पनि परीक्षाको तयारी आधागरेजस्तै हो । यात्रामा हिडिसकेपछि गन्तब्यमा पुगिएन भने त्यसले निराशा दिन्छ । त्यो निराशा नहोस् भन्नका लागि तयारी चाहिन्छ । जसरी सिएको परीक्षाका लागि तयारी आवश्यक छ, त्यस्तै सुरुमा सिएका बारे बुझ्न पनि जरुरी छ ।

पछिल्लो समय बजारमा सिए सम्बन्धि दुई थरी फरक फरक कुरा सुनिन्छ । पहिलो, सिए त निकै गाह्रो छ । १४-१५ घण्टा पढ्नुपर्छ । पास पर्सेण्टेज एकदम कम छ । ओहो, चानचुन मान्छेले सिए पढ्नै सक्दैन । अनि, अर्कोतिर अर्को हल्ला छ । कहाँ त्यस्तो हुनु, सिए हल्ला गरेजस्तो गाह्रो छैन । अझ पछिल्लो सेलेबस त निकै सजिलो बनाइएको छ । नेपाल बोर्डको सिए पढ्नु भन्दा भारतीय बोर्डको सिए सजिलो छ, वा भारतीय बोर्डको सिए भन्दा नेपालको सिए सजिलो बनाइएको छ । तपाईंले पनि यस्तै सुन्नु भएको छ भने यसबारे हो चाहिं के भन्ने तथ्य बुझ्न जरुरी छ ।

आउनुहोस्, सिए सप्ताहको यो पहिलो अंकमा हामी सिएको पढाई सुरु गर्नु अघि तपाईं प्लस टु परीक्षा दिएर बसेकाहरुले बुझ्नैपर्ने कुरा प्रश्न र जवाफको रुपमा केलाउँदैछौँ ।

प्रश्न नम्बर १ : के सिए निकै गाह्रो छ ?

पहिलो कुरा त सिए केहि गाह्रो कोर्स हो भन्ने कुरामा कुनै दुईमत छैन । पढ्नुपर्छ, बुझ्नुपर्छ, परीक्षाहरु गाह्रो नै हुन्छ भन्ने कुरामा पनि दुईमत छैन । राम्रो, करियर भएको, गज्जबको कोर्स पढ्ने अनि सजिलो बाटो खोजेर पनि त भएन । सिए अरु मेनेजमेन्ट कोर्सभन्दा केहि गाह्रो पक्कै हो । यहि गाह्रो भएर न हो, सिएको ओझ भएको । तर सिएको पढाई केहि फरक र प्रो दिमाग भएकाहरुले मात्र पढ्नेगरी गाह्रो छ भन्ने कुरामा चाहिं सत्यता छैन । तपाईंको पढाई औसतभन्दा राम्रो छ भने तपाईंले सिए पढ्न सक्नुहुन्छ, मेहेनत गरे सिए बन्न गाह्रो छैन । एसईईमा तपाईंको ग्रेड कति आयो, वा प्लस टुमा तपाईंले कस्तो नतिजा ल्याउनुभयो भन्ने कुराले खास अर्थ राख्दैन । तर अव सिए पढ्दा तपाईंले कति मेहेनत गर्नुहुन्छ भन्ने कुराले चाहिं अर्थ राख्छ । सधैं टपर भएकाहरु सिएमा फेल भएका उदाहरणहरु पनि धेरै छन् । एसएलसी वा एसइई भनौँ, बल्ल बल्ल पास गरेर सिए पास गर्नेहरु पनि छन् । त्यसैले अहिलेसम्मको पढाई कस्तो थियो भन्ने कुराले खास अर्थ राख्दैन, अव मेहेनत गर्छु भन्नेहरुले सिए पढ्दा राम्रो हुन्छ ।

प्रश्न नम्बर २ : कहिल्यै फेल नभएको मान्छे सिएमा आएर फेल हुन्छ भन्छन् नि, हो ?

सिए पढ्ने विद्यार्थीले दुई कुरा दिमागमा राख्नैपर्छ । एउटा, मैले खप्नुपर्छ, अर्को खट्नुपर्छ । सिए पढ्दाको यो समय, म उज्ज्वल भविष्यको तयारी गर्दैछु भनेर पढाईमा ध्यान दिनुपर्छ । एक पटक पनि फेल नभई सिए पास भईदैन भन्ने कुरा गलत हो, पूरापूर गलत । तर प्लस टु पढेजसरी नै मात्र मेहेनत गरेर, वा कलेजमा जस्तो साथीभाइ, रमाइलो, इधरउधर गरेरचाहिं सिए पास हुन गार्हो छ भन्ने कुराचाहिं बिलकुल सत्य हो । एसइइमा राम्रो ग्रेड आएकाहरु, प्लस टुमा राम्रो नतिजा ल्याएकाहरु सिएमा फेल भएका छन्, यो सत्य हो । तर सामान्य विद्यार्थीले पनि मेहेनत गरेर सिएको पढाई सक्काएका छन् भन्ने पनि सत्य हो । मेहेनत गर्नुपर्छ, वा भनौँ खट्न र खप्न सक्नुपर्छ भन्ने कुराचाहिं बिर्सियो भने सिएमा सफलता पाउन गार्हो छ, नत्र यो सिएको पढाई क्रयाक गर्न सकिन्छ र सफल सिए बन्न सकिन्छ भन्ने तथ्यचाहिं बिलकुल सहि हो ।

प्रश्न नम्बर ३: भारतीय बोर्डभन्दा नेपाल बोर्डको सिएको मान्यता कम हुन्छ हो ? वा नेपाली बोर्ड भन्दा भारतीय बोर्डको सिए सजिलो हुन्छ हो ? कुन बोर्ड पढ्ने ?

यो प्रश्न पनि धेरै विद्यार्थीको मनमा आउने प्रश्न हो । यसमा धेरै सोच्नुपर्दैन । यहि प्रश्न अलि केहि बर्ष अगाडी तपाईंले सोध्नुहुन्थ्यो भने निसन्देह भारतीय बोर्डको सिएको मान्यता पक्कै नेपाली सिएको तुलनामा धेरै देशहरुमा अलि बढी राम्रो थियो । पढाईको समयको हिसाबले, सेलेबसको हिसाबले, अरु धेरै हिसाबले भारतीय बोर्डको सिए नेपालको भन्दा रोजाईमा पर्थ्यो । तर, आज स्थिति त्यस्तो छैन । समयका हिसाबले पनि, सेलेबसको हिसाबले पनि नेपालको सिए पढाई प्रतिष्पर्धी छ । पास गरेपछिको करियरका हिसाबले पनि नेपालको सिएको स्कोप धेरै राम्रो छ । अन्तराष्ट्रिय मान्यताको हिसाबले पनि अव नेपाली सिएहरुले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन । अझ भारतीय बोर्डबाट सिए पढेर नेपालमा अडिट गर्ने हो भने फेरी परीक्षा दिएर यहाँ फेरी लाइसेन्स लिनुपर्छ । अर्कोतिर १९-२० को हिसाब गर्ने हो भने नेपालको भन्दा भारतीय बोर्डको सिए केहि सहज भने पक्कै हो । यसको कारण भारतीय बोर्ड आइसिएआईको स्टडी मेटरियल, लगायतका विषय हुन् ।

त्यसैले अव आइक्यान पढ्ने कि आईसीएआई भन्ने विषयमा धेरै सोच्नुपर्दैन । नेपालमै बसेर सिए पढ्न सहज हुन्छ भने आइक्यान पढ्दा राम्रो, होइन म भारतीय बोर्ड पढ्छु, उताका ठुला कम्पनीको एक्सपोजर लिन्छु भन्ने हो भने आईसिएआई नै पढ्दा राम्रो । नेपालमा भोलि अडीटको काम गर्छु भन्नेले चाहिं धेरै नसोची नेपाली बोर्ड नै पढ्दा राम्रो हुन्छ ।

अव नेपाल बोर्ड पढिरहेका केहि सिनियर दाइहरुले दिदिहरुले आइक्यानको स्टडी मेटेरियल नै राम्रो छैन भन्ने गरेको सुन्नुभयो भने यो आदी सत्य हो । आदि सत्य किन हो भने, आइक्यानले आईसिएआईले जस्तो राम्रो स्टडी मेटेरियल नदिने कुरा सत्य हो, तर तपाईंको कोचिङ्ग सेन्टरले तपाईंलाई निकै राम्रो स्टडी मेटेरियल दिन्छ भन्ने सत्य हो । त्यसैले यो कुरामा तपाईंहरुले धेरै चिन्ताचाहिं लिनुपर्दैन ।

प्रश्न नम्बर ४ : सिए त पढ्दा पढ्दै कमाइ हुने विषय भन्छन् के हो ?

धेरैले सिएमा पढ्दा पढ्दै कमाई हुन्छ, सिएको दोश्रो तह सकिसकेपछि त पैसाको समस्या नै हुँदैन भन्ने गरेको पनि सुनिन्छ, तर यो गलत हो । सिएको तेश्रो तहमा तीन बर्ष आर्टिकलशिप गर्नुपर्छ । यो भनेको सहज भाषामा भन्दा इण्ट्रनशिप गरे जस्तै हो । सिएको पढाईमा यो अनिवार्य हो । तर बुझ्नुपर्ने कुराचाहिं आर्टिकलशिप गर्दा तलव होइन स्टाइपेण्ड पाइन्छ । यो भनेको सामान्य पकेट मनिजस्तै मात्र हो । त्यसैले सिए पढ्दा पढ्दै गज्जब नै कमाइन्छ भन्ने कुरा भ्रम हो । तर केहि पकेट मनि पाउँदै, सिक्दै पढ्दै गरिने भएकोले सिएको पढाईको यो गज्जबको कुरा हो ।

प्रश्न नम्बर ५: सबै भन्दा भ्रमचाहिँ सिए हुनेबित्तिकै एउटा सहि गरेको २ लाख आउँछ र त्यहि कारण सिए पढ्ने रे हो ? भन्ने प्रश्न धेरै सुनिन्छ ।

यसो होइन । सिए बनेर लाखौँ करोडौं कमाउनेहरु धेरै छन् । तर एउटा सहि गरेको २ लाख आईहाल्छ, पास भएको भोलिपल्टै घर गाडी बनिहाल्छ भन्ने कुरा सहि होइन । २ लाख के, एउटा कमर्सियल बैंकको फाइनल अडिट सक्दा एउटा सिएको सिग्नेचरको मूल्य ५० लाख जति पनि छ, तर त्यसका लागि मेहेनत चाहिन्छ, निरन्तरता चाहिन्छ, अनुभव चाहिन्छ । सिएमा मात्र होइन, अरु पेशामा पनि त पढ्ने बित्तिकै सफलता कहाँ पाइन्छ र ? तर गर्न सक्नेलाई, गर्छु भन्नेलाई सिए सिएको कोर्स निकै राम्रो हो ।

प्रश्न नम्बर ५ : यो कोचिङ्ग सेन्टर कहाँ पढ्ने ? कोहि हामी त आइक्यानबाट सम्बन्धन प्राप्त हौँ भन्छन्, कोहि हामी सस्तोमा पढाईदिन्छौँ भन्छन्, यसो सिनियर दाइहरुलाई सोध्यो उहाँहरु पढेको कोचिङ्ग सेन्टर त बन्द भईसक्यो पनि भन्नुहुन्छ, हो चाहिँ के ?

यो प्रश्नको पनि जवाफ सहज छ । कोचिङ्ग सेन्टर छान्ने विषयचाहिं तपाईंको पढाई कस्तो हुन्छ भन्ने विषयलाई निर्धारण गर्ने कुरा पनि हो । कतिपयले रहरले सिए कोचिङ्ग सेन्टर खोलेका छन्, त्यस्ता सेन्टरहरुले तपाईंलाई बिगार्ने नै हो । राम्रो नतिजा ल्याईरहेका, राम्रो स्टडी मेटेरियल भएका कोचिङ्ग सेन्टरमा पढ्ने हो भने तपाईंको पढाई पनि राम्रो हुन्छ । आइक्यानले सम्बन्धन दिंदैमा त्यो सेन्टर थप राम्रो भन्ने होइन । आइक्यानको सम्बन्धन हुनु र नहुनुले विद्यार्थीलाई खास फरक पार्दैन ।

अझ प्रष्ट भन्दा तपाईंका लागि कुन ठाउँमा पढ्न सहज हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ । तपाईंलाई बानेश्वर पायक पर्छ भने बानेश्वरमा २२ बर्षदेखि सिए अध्ययापन क्षेत्रमा छुट्टै लिगेसी बोकेको प्राइम सिए छ । अर्को अब्बल संस्था गुरुकुल सिए पनि त्यहीं छ । यो दुई मध्ये तपाईंलाई जुन ठिक लाग्छ, त्यहीं पढे हुन्छ । मध्ये बानेश्वर पायक पर्छ भने त्यहाँ इलाइट सिए नाम गरेको संस्था छ, इलाइट पनि तपाईंको लागि राम्रो विकल्प हुन सक्छ । पुतलीसडक पायक पर्छ र आइसिएआई अर्थात भारतीय बोर्डको सिए पढ्ने हो भने एओसी बेष्ट विकल्प हुन सक्छ । पुतलीसडक एरियामा आइक्यान पढ्ने हो भने गुरुकुल सिएमा पढ्न सकिन्छ । आइक्यान पनि नजिकै छ, सिएको पढाई पनि राम्रो हुन्छ भन्ने सोच हो भने प्राइम सिए उत्तम विकल्प हुन सक्छ । बिराटनगरमा नै बसेर सिए पढ्ने हो भने गुरुकुल सिएको बिराटनगर शाखामा भर्ना गर्नु राम्रो निर्णय हुन सक्छ । गुरुकुलको शाखा बीरगंजमा पनि छ, चितवन र बुटवलमा पनि छ । इलाइटको शाखा नेपालगंजमा पनि छ । काठमाडौँ बाहिर बस्नेहरुले चाहिं सिएको कोचिङ्ग सेन्टर छान्दा अलिबढी ख्याल गर्नुपर्छ । काठमाडौँको शाखा भएको कोचिङ्ग सेन्टर पढ्नु नै बुद्धिमानी हुन सक्छ ।

नेपालमा सिएको पहिलो लेभलमा विद्यार्थी भर्ना गरेका र दोश्रो तहमा विद्यार्थी पुग्दै गर्दा बन्द भएका कोचिङ्ग सेन्टरहरु पनि छन्, पैसा नै तिरेर पढेपछि त्यस्ता कोचिङ्ग सेन्टरमा नपढेकै बेश हुन्छ । भर्खर भर्खर खुलेका र पढाउनेहरुको नाम नै नसुनेका ठाउँहरुमा पनि करियर दाउ लगाउनु राम्रो निर्णय नहुन सक्छ ।

अझ तपाईंलाई प्रष्ट भन्दा, प्राइम सिए, गुरुकुल सिए, इलाइट सिए, भारतीय बोर्डका लागि एओसी मा तपाईं पढ्नु भयो र भोलि तपाईंलाई केहि अफ्ट्यारो पर्यो भनेचाहिं हामी पनि सँगै हुन्छौँ, अरु रहरले खुलेका, अरु कोचिङ्ग सेन्टर टुक्रेर खुलेका, खोल्दिउ न त भनेर खुलेका, अरु कलेजले चलाएका सिएका विङ्गहरुमा हामी विश्वस्त छैनौं । हामी विश्वस्त नभएपछि तपाईंहरुलाई सिफारिस गर्न पनि सक्दैनौँ । प्राइम, गुरुकुल, इलाइट र एओसीमा तपाईंलाई केहि चित्त बुझेन, भने चाहिं हामी तपाईंको गुनासोलाई सम्बोधन गर्ने प्रयास जरुर गर्नेछौँ । फेरी प्रायोजकहरुको लिष्ट मात्र भन्यो भन्नुहोला, राम्रा गरिरहेकाहरु थोरै छन्, राम्रा गरिरहेकाहरु सिए सप्ताहमा जोडिएका छन्, भएको यति हो । नेपालमा सिए कोचिङ्ग सेन्टर कसरी र कतिसम्म बन्द भए भन्ने तथ्य अर्को अंकमा प्रस्तुत गरौँला । अहिले प्लस टु सकेका भाइबहिनीहरुलाई त्यो त्यति महत्वपूर्ण छैन, त्यसैले माथि भनेका कोचिङ्ग सेन्टरहरुमा पढ्नु भयो भने राम्रै हुन्छ । फेरी पनि पढ्नुपर्ने त आफुले हो, यो कुराचाहिं ख्याल गर्नुपर्छ । अनि साच्चै सिए भनेको कुनै कोचिङ्ग सेन्टरमा गएर पढ्नु नै पर्ने कोर्सचाहिं होइन है, घरमै बसेर सेल्फ स्टडी गर्दा पनि हुन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK