काठमाडौँ । अस्ट्रेलियाले नेपाली गुन्द्रुक, कोदो, भटमास, फापर र मकैमा प्रतिबन्ध लगाएको छ । नेपालबाट निर्यात हुने यी खाद्य सामाग्रीको आयातमा कडाइ गर्दै अस्ट्रेलियाले तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएका हो ।
नेपालबाट निर्यात गरिएको खाद्य सामाग्रीमा किरा भेटिएपछि अस्ट्रेलियाको नेशनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले यस्ता खाद्य सामाग्रीमा प्रतिबन्ध लगाएको हो ।
यता नेपालमै उपचार गर्ने प्रविधि नभएको र भारतको कोलकता पठाएर उपचार गरेर प्रमाणपत्र जारी गर्नुपर्ने अवस्थाका कारण पनि नेपाली वस्तुमाथि प्रतिबन्ध लाग्न पुगेको विशेषज्ञहरुको भनाई छ ।
यसो त यसअघि भारतबाट उपचार गराउँदा पनि समस्या नआउने गरेको बताउँदै प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले यसपटक भने सामान नेपालमै हुँदा कोलकतामा उपचार भइसकेको नक्कली कागजात बनाउने र प्लास्टिकमा प्याक गरिएको सामाग्रीलाई नै उपचार गरिएको भनेर प्रमाणित गर्ने प्रवृत्तिले यस्तो समस्या उत्पन्न भएको बताएका छन् ।
अस्ट्रेलिया निर्यात हुँदै आएका यस्ता खाद्यवस्तुमाथि प्रतिबन्ध लाग्दा हाल निर्यात ठप्प छ । निर्यात ठप्प हुँदा विदेशी मुद्रा आर्जनको स्रोत सुक्नुका साथै व्यापारिक सन्तुलन बिग्रिने पनि जोखिम बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्