काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बिहीबार गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उनलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
जिम्मेवारी प्राप्त गरेसँगै बज्राचार्यले कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदवहाली गरेको त्रिविले जनाएको छ । सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले राजीनामा दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्