Skip to content
LAXMI SUNRISE BANK

रास्वपाका बारा जिल्ला सभापति पार्टीबाटै निकालिए

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाटै निष्कासन गरेको छ । रास्वपाले उनको साधारण सदस्यता समेत खारेज गरेको छ । 

आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायतका विषयलाई लिएर बाराबाट निर्वाचित ४ सांसदले दिएको उजुरीका आधारमा उनलाई पार्टीबाटै निष्कासित गरिएको हो । 

रास्वपाले यसलाई कारवाही भनेको छ । बारा जिल्ला सभापतिलाई पार्टीबाट निष्कासित गरेसँगै रास्वपाले बारा जिल्ला समिति भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट प्रतिनिधि खटाएको छ । 

यता पार्टीको कारवाहीमा परेपछि स्वर्णकारले आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् । उनले अब आफू स्वतन्त्र रुपमा थप बलियो भएर राजनीतिमा सक्रिय हुने घोषणासमेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK