काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक साधारणसभाले भगवती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए । सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा बृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत गाउँगाउँमा महिलाहरुलाई वातावरण, सरसफाईसँगै सामाजित चेतना प्रवाह गर्दै आएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाएकी थिइन् । तत्कालिन समयमा सरकारले गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरेकी थिइन् ।
हाल फरवार्ड माइक्रोफाइनान्सका देशका ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्