Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दायर

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दायर भएको छ । उनीविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको हो । 

प्रसाईंलाई विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरीले जेठ ४ गते वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको थियो । 

उनलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो । तर, बयान नसकिएपछि उनलाई अदालतले पुनः हिरासतमै पठाएको छ । प्रसाईंलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । 

उनीमाथि समाजमा घृणा फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिव्यक्ति दिएको आरोप छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK