Skip to content
LAXMI SUNRISE BANK

‘स्थायी निक्षेप सुविधा’ नीतिमा फेरबदल, बैंकमा थुप्रिएको अधिक पैसा अब हरेक दिन राष्ट्र बैंकमा राख्न मिल्ने !

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले दैनिक रुपमै राष्ट्र बैंकमा पैसा राख्न पाउने भएका छन् । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग अधिक भएको तरलता दैनिक रुपमा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरिएको जनाएको हो । 

बैंक तथा वित्तीय संस्थामा अधिक भएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ‘स्थायी निक्षेप सुविधा’ उपकरणको प्रयोग गर्छ । राष्ट्र बैंकले सोही व्यवस्था पुनरावलोकन गरेको छ ।

अब ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंक खुलेको प्रत्येक दिन स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउनेछन् । यो सुविधा जेठ १३ गतेदेखि लागू गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यसो त यसअघि यस्तो सुविधा हप्ताको दुई दिन मात्र उपलब्ध हुने गरेको थियो । तर, अब भने बैंक तथा वित्तीय संस्थाले हरेक दिन यो सुविधा प्रयोग गर्न पाउनेछन् । यसरी हरेक दिन राष्ट्र बैंकमा राखिएको निक्षेप अर्को दिन (भोलिपल्ट) को अपराह्न ३ बजेपछि सम्बन्धित बैंकको खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK