काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत तथा अज्ञात लिंक नखोल्न आग्रह गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सामाजिक सञ्जालमार्फत प्राप्त हुने अज्ञात लिंक नखोल्न आग्रह गरेको हो ।
ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा ‘कनेक्ट आइपिएस’सँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न ‘अलर्ट’ पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।
प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्युरोको भनाइ छ । ब्युरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्