काठमाडौँ । कक्षा १२ को नतिजा (रिजल्ट) असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । बैशाख १४ गतेदेखि सुुरु भएको कक्षा १२ को परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।
असारको दोस्रो साताभित्रै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले बताएका छन् ।
यसपालीको कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा सार्वजनिक गर्न ढिलाई हुँदा विद्यार्थीको मनोबल खस्किने भन्दै सरकारले छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार आवश्यक तयारी गरिरहेको बोर्डले जनाएको छ । यसअघि माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि १ महिनामै सार्वजनिक गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्