काठमाडौँ । विवादै विवादकाबीच राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनेका हरि सिलवाललाई राजीनामा दिन दबाब परेको छ । तत्कालीन सरकारका पालामा नियुक्ति पाएका बैंकका अध्यक्षसहित सञ्चालकले राजीनामा दिएपछि एमाले ‘क्याडर’का सिलवाललाई पनि राजीनामा दिन दबाब परेको हो ।
सरकारी स्वामित्वका तीनवटै बैंकका अध्यक्ष र सञ्चालकले राजीनामा दिएपछि सिलवाललाईसमेत राजीनामाका लागि ताकेता गरिएको सरकारी स्रोतको दाबी छ ।
यसो त सरकारले जारी गरेको अध्यादेशले नेपाल राष्ट्र बैंक र बैंकरलाई नछोए पनि राजनीतिक रुपमा नियुक्ति लिएकाहरुलाइै सरकारले पद छोड्न पत्र नै पठाएको थियो । बैंकका अध्यक्ष र अन्य सञ्चालकले सोही पत्रपछि राजीनामा दिएका हुन् ।
तर, एमाले कार्यकर्ता समेत रहेका सिलवालले भने अझै राजीनामा दिएका छैनन् । तर, सरकारले नै ताकेता गरेपछि उनले पदबाट राजीनामा दिने मनसाय बनाएको बुझिएको छ ।
उनको नियुक्ति गैरकानूनी भएको भन्दै नियुक्तिकै समयदेखि बैंकभित्रै चर्को विरोध भएको थियो । स्वार्थको द्वन्द्व हुनेगरी बैंकको ऋणी सञ्चालक बन्न नपाउने कानूनी व्यवस्था विपरीत सिलवाल राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक बनेका थिए । उनी बैंकको सञ्चालक नियुक्त हुँदा सिलवालको सोही बैंकमा अटो लोन थियो ।
अर्कोतर्फ उनी बैंककै भगिनी संस्था आरबिबि मर्चेन्ट बैंकिङको अडिटरसमेत रहेकाले पनि उनको नियुक्ति गैरकानूनी भएको भन्दै बैंकभित्रै सो नियुक्ति विवादित बनेको थियो । यसरी खुलेरै एमालेमा देखिएका र विवादित भएकाले पनि सरकारले उनलाई राजीनामा दिन ताकेता गरेको हो । राजीनामा नगरे बर्खास्त गरिने सरकारी तयारी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्