काठमाडौँ । व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसुरको अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई अदालतले पुनः १२ दिनको म्याद थप गरेको हो ।
विशेष अदालत काठमाडौँका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवैजनालाई थुनामा राख्न अनुमति दिएको हो ।
अदालतको आदेश अनुसार प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो ।
‘अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४’ मा हालै भएको संशोधन र नयाँ अध्यादेशले गरेको कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय लिइएको देखिन्छ ।
सरकारी वकिलको राय प्रतिवेदन तयार पार्ने, अभियोजन कार्य र केन्द्रीय अनुसन्धान ब्युरोबाट भइरहेको सम्बद्ध कसुरतर्फको अनुसन्धान अझै बाँकी रहेकाले थप समय माग गरिएको थियो । संयुक्त अनुसन्धान टोलीले मुद्दाको गम्भीरता र प्रमाण संकलनको प्रक्रियालाई मध्यनजर गर्दै अनुसन्धान तहकिकात कार्य अगाडि बढाइरहेको छ । विशेष अदालतको प्रशासन शाखाका अनुसार, ऐनको दफा १७ को उपदफा (४) बमोजिम प्रक्रिया पुर्याएर अनुसन्धानका लागि यो म्याद थपको आदेश जारी गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्