Skip to content
LAXMI SUNRISE BANK

डिडिसीले गर्यो दूध किसानलाई १२ करोड भुक्तानी

अर्थ सरोकार

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ किसानहरुलाई भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई तीन अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK