काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कुनै पनि नागरिक घरबारविहीन नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट सेयर गर्दै प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् ।
उनले सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिइने पनि बताएका छन् ।
त्यस्तै, उनले सरकारको उद्देश्य आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने भएको पनि उल्लेख गरेका छन् ।
‘नेपाल सरकार स्पष्ट पार्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरु नागरिकहरुलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन् ।’, उनले लेखेका छन्, ‘त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रुपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु ।’
त्यस्तै, हाल वास्तविक भूमिहीन नागरिकहरुको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने काम प्रारम्भ भइसकेको जानकारी दिँदै उक्त प्रक्रियाबाट भूमिहीन नागरिकहरुको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको पनि प्रधानमन्त्री शाहले बताएका छन् ।
योसँगै प्रधानमन्त्री शाहले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरुका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने र अन्य भूमिहीन नागरिकहरको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्ने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्