काठमाडौँ । सिन्धु विकास बैंकका नवनियुक्त सिइओ गणेश केसी बैंकभित्रै कसुरजन्य कार्यमा नाम मुछिएको खुलासा भएको छ । बैंकले प्रवाह गरेका विभिन्न कर्जाउपर राष्ट्र बैंकले अनुसन्धान गर्नु भनी दिएको निर्देशन अनुसार भएको स्वतन्त्र अनुसन्धानमा मुछिएको खुलासा भएको हो यसअघि बैंकमा डेपुटी सिइओ रहेका केसीलाई केहि दिन अघिमात्र बैंकले सिइओ बनाएको थियो ।
अर्थ सरोकार डटकमलाई गोप्य स्रोतबाट प्राप्त भएको ५० पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा ऋणी ग्लोबल सप्लायर्स (किराना पसल) हेटौँडाको केसमा अनुसन्धान प्रतिवेदनले उनलाई दोषमुक्त नरहेको भनेको छ ।

बैंकले ग्लोबल सप्लायर्स नामक किराना पसललाई ऋण दिँदा बैंकमा ठुलो हिनामिना र घोटाला भएको प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदन अनुसार २०८० असोज ११ गते १० वर्षका लागि ४ करोड व्यवसायिक आवधिक कर्जा र ७५ लाख ओभरड्राफ्ट कर्जा गरी कुल ४ करोड ७५ लाख रुपैयाँ ऋण अप्रुभलका लागि संचालक समितिमा पेश भएको थियो । तर, सो प्रक्रियामा पूरा गर्नुपर्ने कागजी प्रक्रियासमेत पूरा नगरेको प्रतिवेदनमा प्रष्ट पारिएको छ ।

संचालक समितिको निर्णयपछि २०८० असोज १४ गते मागिएको ऋणमध्ये ३ करोड २५ लाख ऋण स्वीकृतिका लागि व्यवस्थापनमा पेश भएको र सोहि दिन बैंकका तत्कालीन सिइओ राम कुमार गिरीको स्वीकृतिमा सो ऋण सोहि दिन डिस्पर्स भएको देखिन्छ । तर, सो ऋण व्यवसायिक प्रयोजनका लागि नभई ऋणीका काका तुलसीराम राउतले उद्देश्य विपरित प्रयोग गर्न दिएको र सोको ब्याज र सावाँ नउठेको प्रतिवेदनमा उल्लेख छ ।

साथै प्रतिवेदनमा सो ऋण दिलाउने प्रक्रियामा अनावश्यक धाक धम्की दिएको, कर्पोरेट कार्यालयले नै ब्याड मेमोमा जवर्जस्ती हस्ताक्षर गर्न लगाएको बयान पनि उल्लेख छ । साथै अहिलेका सिइओ केसीले बैंकका अध्यक्षको दबाबमा परेर सो ऋण प्रवाह गरेको भनी दिएको बयानसमेत प्रतिवेदनमा उल्लेख छ ।
साथै प्रतिवेदनमा सो ऋण प्रवाह गर्दा ३० लाख घुसको लेनदेन भएको गम्भीर खुलासासमेत गरिएको छ । यो घुस काण्डसहितको ऋण प्रवाहमा प्रतिवेदनले तत्कालीन सीइओ रामकुमारगिरी सँगै बैंकका कर्मचारीहरु सुमन अधिकारी, रविन कुँवर क्षेत्री, बिनोद श्रेष्ठ, प्रमोद न्यौपाने, लगायतलाई दोषी देखाइएको छ ।

हाल सीइओ नियुक्त भएका गणेश केसीको हकमा प्रतिवेदनले प्रष्टसँग आफ्नो जवाफदेहीको काम कर्तव्य पूरा गर्न नसकेको, र बैंकलाई नोक्सानी भएको देखिएकोले केसी दोषमुक्त रहेको भन्न नसकिने प्रष्ट उल्लेख छ ।
के भन्छन् सिइओ केसी ?
यता बैंकका सिइओ गणेश केसीले भने आफुले गलत काम नगरेको दाबी गरेका छन् । अर्थ सरोकारसँगको कुराकानीमा उनले आफु दोषी देखिएको भए संचालक समितिले आफुलाई सिइओ नै नबनाउने तर्क गरेका हुन् । ‘मैले केहि गलत काम गरेको भए, म सीइओका लागि आवेदन नै दिन्न थिएँ नि, अनि संचालक समितिले पनि मलाई सीइओ बनाउने थिएन ।’ केसीले अर्थ सरोकारसँग भने, सब ठिक भएर त होला, मलाई सीइओको जिम्मेवारी दिईएको ।’
उनले आफुलाई कुनै पनि प्रतिवेदनले दोषमुक्त नभएको भन्ने उल्लेख नगरेको झुठो दाबीसमेत गरे । जवकी प्रतिवेदनमा प्रष्टसँग उनको भूमिकामाथि प्रश्न उठाएर उनलाई दोषमुक्त रहेको भन्न नमिल्ने उल्लेख छ ।
सो ऋण प्रवाहमा भएको घुसकाण्डको थप नालीबेली आगामी अंकमा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page










प्रतिक्रिया दिनुहोस्