Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौँ ठगी, चार जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर लाखौँ ठगी गर्ने ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङका ३७ वर्षीय नारायण जोशी, सुर्खेतका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुरका ३२ वर्षीय नवराज पौड्याल र मनाङका ५८ वर्षीय ङवाङ लामा रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जोशीले कतार पठाउने भन्दै १४ जनाबाट ४८ लाख, रानाले इराक पठाउने भन्दै ३ जनाबाट २० लाख, पौड्यालले अस्ट्रेलिया पठाउने भन्दै एक जनाबाट तीन लाख र लामाले क्रोयसिया पठाउने भन्दै एक जनाबाट १० लाख ठगी गरी सम्पर्क विहीन भएका थिए ।

उनीहरु चारै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK