काठमाडौँ । ताप्लेजुङको पाथीभरामा पनि ‘फोरजी’ सेवा सुरु गरिएको छ । नेपाल टेलिकमले पाथीभरामा तीर्थयात्रीहरुको सहजताका लागि उच्च गतिको ‘फोरजी’ सेवा सुरु गरेको जनाएको हो ।
टेलिकमका अनुसार २०८३ बैशाख २१ गतेदेखि पाथीभरा मन्दिर र वरपरका क्षेत्रमा ‘फोरजी’ नेटवर्कको प्रयोग सुरु गरिएको छ ।
योसँगै अबदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभराको तीर्थयात्रामा जाने यात्रुहरुले निरन्तर सञ्चार सुविधा पाउने टेलिकमले जनाएको छ । यसले यात्रुलाई सञ्चारमा सहजता दिने विश्वास गरिएको छ ।
उक्त सेवा फुङलिङ नगरपालिका, पक्ताङलुङ गाउँपालिका, सिरीजङ्ग गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका क्षेत्रमा प्रवाह गरिएको छ । सञ्चार सुविधाको उपलब्धताले पाथीभराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्