Skip to content
LAXMI SUNRISE BANK

अर्थतन्त्र ‘कोमा’मा जानै लाग्दा पनि सरकार गम्भीर नभएको गगन थापाको आरोप

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले अर्थतन्त्र ‘कोमा’मा जानै लाग्दा पनि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । 

उनले मुलुकको अर्थतन्त्र ‘कोमा’मा जानै लाग्दा पनि सरकारको प्राथमिकता भने गलत ठाउँमा रहेको बताएका छन् । 

उनले बैंकहरुमा पैसा थुप्रिने तर ऋण लिने वातावरण नहुनुले लगानीकर्तामा विश्वासको कमी देखिएको उल्लेख गरेका छन् । ‘दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला व्यवसायीसम्म आर्थिक मन्दीको चपेटामा छन् ।’, उनले भने, ‘भान्सा महँगो भएको छ तर सरकार परिणाममुखी काममा लाग्नुको सट्टा प्रचारमुखी कार्यमा रमाएको छ ।’

त्यस्तै, थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कूटनीतिक सम्बन्धबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

कूटनीतिक सन्दर्भमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी मारमा परेको बताए । भारत र चीनले लिपुलेक हुँदै मानसरोवर जाने बाटोका बारेमा गरिरहेको छलफलमा नेपालले आफ्नो स्पष्ट र एकीकृत अडान राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK