काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको शाखा कार्यालय छिन्चु सुर्खेतद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम जेठ १० गते आईतवारका सुर्खेतकाे छिन्चुमा सम्पन्न भएकाे हो ।
संस्थागत सामाजिक उत्तरदायित्व काेष अन्तर्गत संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले संचालित कार्यक्रमकाे प्रमुख अतिथि सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष वीर बहादुर बस्नेत रहेको कार्यक्रमकाे सहजीकरण संस्थाकाे बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपेन्द्र प्रसाद सापकाेटाले गरेका थिए ।
जम्मा ३४ जना महिला ग्राहक सदस्यहरुकाे सहभागिता रहेकाे वित्तीय साक्षरता कार्यक्रमकाे अध्यक्षता केन्द्र नं. १०९ कि सदस्य डल्लि कुमारी सिंहले गरेको उक्त कार्यक्रमकाे संचालन साेही शाखाकी सहायक सविता शाहीले गरेकी थिईन् ।
उक्त कार्यक्रममा शाखा कार्यालय छिन्चु अन्तर्गत संचालित केन्द्रहरु मध्ये वार्षिक मुल्यांकनकाे आधारमा उत्कृष्ट ३ केन्द्रहरुलाई सम्मान, उत्कृष्ट व्यवसायी र सर्वाेत्कृष्ठ बचतकर्तालाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे त्यस शाखाका शाखा प्रबन्धक उद्यब राज बजगाईले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्