काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा बैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।
यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप हौसला प्रदान भएको बैंकले जनाएको छ । बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहकहरु, सेयरधनीहरु, सम्पूर्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।
गरिमा विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा The Best Bank र Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा रनर अप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा’the HRM Awards for Corporate Excellence 2024′ बाट समेत सम्मानित भईसकेको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्