Skip to content
LAXMI SUNRISE BANK

गरिमा क्यापिटल र एएमएल नेपालको संयुक्त आयोजनामा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था ए.एम.एल नेपाल प्रा. लि. को संयुक्त आयोजनामा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम क्यापिटलका सम्पूर्ण कर्मचारीहरूका लागि जेठ ८ गते नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजना गरिएको थियो । 

पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रशिक्षणमा मुख्यतः नेपालको प्रचलित सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नवीनतम निर्देशिकाहरू, शङ्कास्पद कारोबार पहिचान गर्ने तरिकाहरू, र संस्थागत सुशासनका विविध पक्षहरूमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो ।

ए.एम.एल नेपाल प्रा. लि. का वरिष्ठ अनुपालन विज्ञहरूले उक्त ऐनका कानूनी व्यवस्थाहरू, ग्राहक पहिचान सम्बन्धी नियमहरू र ऐन उल्लङ्घन गर्दा हुने कानुनी कारवाहीका प्रावधानहरू सहित वास्तविक घटना र प्रयोगात्मक अभ्यासहरूको माध्यमबाट सहभागी कर्मचारीहरूलाई वित्तीय अपराध नियन्त्रणका व्यावहारिक उपायहरू बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमको अन्तमा आयोजित अन्तरक्रियात्मक सत्रमा कर्मचारीहरूले दैनिक कार्यसञ्चालनका क्रममा आउने व्यावहारिक चुनौतीहरू र तिनको कानुनी तथा प्राविधिक समाधानका विषयमा आफ्ना जिज्ञासाहरू राख्दै समाधान गर्ने उपायका बारेमा छलफल गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK