काठमाडौँ । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । सोमबार बेलुकी उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङ्गमा रहेको हकमा प्लास्टिकको डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरिसकेको छ ।
छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए । लगत्तै, घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्षसमेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो ।
खड्काले सामाजिक संजालमा आत्महत्या अघि ४ जना सिनियर कर्मचारीहरुको नाम र एआई फोटो राखेका छन् । बैंकका सिइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र बैंकका डेपुटी सिइओ सुमन पोखरेलको फोटो राखी, उनीहरुलाई ट्यागसमेत गरेर खड्काले आत्महत्या गरेका हुन् ।
घटनास्थलबाट प्रहरीले खड्काको मोबाइल लगायतका सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । प्रहरीले खड्काले उल्लेख गरेका बैंकका सिनियर कर्मचारी, खड्का कार्यरत शाखाका अन्य कर्मचारी, प्रदेश प्रमुख लगायतको बयान लिने तयारीसमेत गरेको छ ।
खड्कालाई केही समय अगाडि बैंकले स्पष्टिकरण सोधेको बुझिएको छ । स्पष्टिकरणपछि उनले राजिनामा दिएका थिए । तर स्पष्टिकरण के विषयमा थियो भन्ने तथ्य बाहिर आएको छैन । बैंकले राजीनामा स्वीकृत गरेकै दिन उनले ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर पासो लगाएका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।
उनी यसअघि बैंकको चारआली शाखा प्रबन्धक थिए । चारआलीबाट बैंकले उनलाई प्रादेशिक कार्यालय, विराटनगरमा सरुवा गरेको थियो ।
ग्लोबल आइएमई आउनुअघि उनी उनी ज्योति विकास बैंकमा कार्यरत थिए । बैंकका कर्मचारीले आत्महत्या गरेपछि उत्पन्न परिस्थिति र उत्पन्न हुने थप सम्भावित परिस्थितिबारे बैंकका सिनियर व्यवस्थापनबीच छलफल भइरहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्