Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३८ सय  रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५० रुपैयाँले घटेर प्रतितोला ४८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK