Skip to content
LAXMI SUNRISE BANK

विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । सरकारले विस्थापित सुकुम्बासीलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले पुनर्स्थापनाबापत एकमुष्ट २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारले जोखिमयुक्त बस्ती हटाइएकाहरुलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रोत्साहन स्वरुप ५ सदस्य भएको परिवारलाई प्रति परिवार १५ हजार दिने पनि निर्णय गरेको छ ।

त्यस्तै, ५ भन्दा बढी सदस्य भएको परिवारलाई प्रतिसदस्य थप २ हजार प्रतिमहिनाका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च दिने पनि निर्णय गरेको छ । त्यस्तै, सकुम्बासीहरुलाई मासिक १५ हजार सहयोग रकम दिने पनि सरकारले निर्णय गरेको छ ।

त्यसबाहेक सरकारले स्वीटजरल्याण्ड सरकारको ६.११ मिलियन स्वीस फ्र्याङ्क अनुदान र अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमवी स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK