काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दर्ता बिना चलिरहेका राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् ।
उनले राइड सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनै सञ्चालन भइरहेको एपहरुमाथि सरकारले निगरानी गरिरहेको बताएका छन् ।
सबै प्रकारका सवारी साधनलाई एपमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन् । उनले नेपालको डिजिटल ट्रान्सफर्मेशनलाई तिव्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि बताएका छन् ।
डिजिटल अर्थतन्त्र विस्तार र नवप्रवर्तन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ । त्यस्तै, मन्त्रालयमार्फत सञ्चालित परियोजनाहरुको अध्ययन गर्ने कार्य समेत निरन्तर रुपमा भइरहेको मन्त्री तिमिल्सिनाले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्