Skip to content
LAXMI SUNRISE BANK

रिहा हुने भए व्यवसायी शेखर गोल्छा, हिरासतमा नराख्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी शेखर गोल्छा रिहा हुने भएका छन् । जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेसँगै उनी रिहा हुने भएका हुन् । 

अदालतका न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई म्याद नथप्ने आदेश दिएको हो । योसँगै अब गोल्छालाई हिरासतमुक्त गरेर अनुसन्धान अघि बढाउनुपर्ने भएको छ । 

यसो त यसअघि सर्वोच्च अदालतले गोल्छालाई पक्राउ गर्नु र थुनामा राख्नुको लिखित जवाफ मागेको थियो । यतिसम्म कि सर्वोच्चले गोल्छामाथि भइरहेको धितोपत्र कसुरको अनुसन्धानमाथि नै प्रश्न उठाएको थियो ।

त्यसपछि सीआईबीले गोल्छामाथि बीमा सम्बन्धी कसुरको आरोपमा अनुसन्धान भइरहेको भन्दै रिहा गरेको थिएन । तर, हाल बीमा सम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लैजाँदा अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ । योसँगै अब गोल्छा हिरासतमुक्त हुने भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK