काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले एक वर्ष भित्र मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने काममा सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्
उनले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक वर्षभित्र मुलुकमा भ्रष्टाचार निर्मूल पार्ने काममा लागि पर्ने बताएका छन् ।
सरकारले यस वर्षलाई सुशासन वर्षको रुपमा लिएको प्रधानमन्त्री शाहको भनाई छ । प्रधानमन्त्री शाहले विभिन्न मन्त्रालयले मातहतका निकायमा निगरानीका साथ काम गरिरहेको पनि बताएका छन् ।
‘सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले यो पहिलो वर्ष पूर्ण रुपमा देशलाई सुशासनतर्फ लैजाने, बेथितिहरुलाई हटाउने, बलियो जरा बनाएर बसेको यो भ्रष्टाचारलाई निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ ।’, उनले भने, ‘यो मालपोत लगायतका सरकारी कार्यालयमा जाँदा देख्नु पनि भएको होला । यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ ।’
त्यस्तै, प्रधानमन्त्री शाहले मुलुकमा वर्षौंदेखि भ्रष्टाचारले जरो गाडेको उल्लेख गर्दै त्यसलाई बदल्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्