Skip to content
LAXMI SUNRISE BANK

केही हप्ताभित्रै सुकुम्बासीलाई लालपुर्जा बाँड्ने सरकारको तयारी

अर्थ सरोकार

काठमाडौँ । सरकारले वास्तविक सुकुम्बासीलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्रै सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने बताएकी हुन् ।

हाल काठमाडौँका खोला किनारमा बसेका सुकुम्बासी बस्तीका नागरिकलाई विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ ।

होल्डिङ सेन्टरमा वास्तविक सुकुम्बासी पहिचान गर्ने काम भइरहेको छ । वास्तविक सुकुम्बासीको पहिचानपछि सरकारले लालपुर्जा वितरण गर्ने तयारी गरेको मन्त्री रावलले बताएकी छिन् ।

यता लालपुर्जा वितरण नहुँदासम्म सुकुम्बासी व्यवस्थापनका लागि प्रतिपरिवार घरभाडाबापत मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने सरकारी तयारी छ । वैशाख ३१ गते बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सभापति हरि ढकालले उक्त तयारीबारे बताएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK