Skip to content
LAXMI SUNRISE BANK

संसदमा ‘प्रधानमन्त्री खोई ?’ भन्दै नाराबाजी, हर्क साम्पाङले गरे बैठक बहिष्कार !

अर्थ सरोकार

काठमाडौँ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध जनाएका छन् । विपक्षी दलका सांसदहरुले ‘प्रधानमन्त्री खोई ?’ भन्दै विरोध जनाएका हुन् ।

संसद अवरोध गर्दै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए । 

सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्रीलाई सिफारिस गरेपछि  सांसदहरुले विरोध जनाएका हुन् ।

उनीहरुले ‘असक्षम प्रधानमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए । सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बैठक नै बहिष्कार गर्दै बैठकबाटै बाहिरिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK