काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै साम्पाङले बैठक नै बहिष्कार गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेका बेला साम्पाङले उठेर विरोध जनाएका थिए ।
सभामुख डोलप्रसाद अर्यालले पटक-पटक बस्न आग्रह गर्दा पनि साम्पाङले उठेर आफ्ना कुरा राखिरहे । उनले ‘माइक’बिनै केहीबेर आफ्ना कुरा राखेर बैठक बहिष्कार गर्दै बाहिर निस्किएका छन् ।
साम्पाङले साम्पाङले अर्थमन्त्री उपस्थित हुनुपर्ने तथा प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राखेका छन् । उनले केही दिनदेखि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यतिसम्मकी उनले प्रधानमन्त्री असफल भएको भन्दै राजीनामा समेत मागेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्