Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारवाहीमा पर्यो हिमालयन बैंक, सुधारात्मक कदम चाल्न निर्देशन !

अर्थ सरोकार

काठमाडौँ । आधा दर्जनबढी व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको छ । बैंकलाई ‘एकीकृत निर्देशन, २०८१’ मा गरिएका व्यवस्थाहरुको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो । 

राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा बैंकले सीमित ऋणीलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुनेगरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता ब्याज र साँवा रकम भुक्तानी गर्न प्रयोग गरेको समेत फेला पारेको छ । 

त्यति मात्र होइन, बैंकले तोकिएको समयसीमा पश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरेर कर्जा पुनरतालिकीकरण/पुनर्संरचना गरेको पनि राष्ट्र बैंकले गरेको स्थलगत अध्ययनबाट खुलेको छ । 

त्यस्तै, बैंकले ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि पाइएको छ । यसरी एकीकृत निर्देशनका गरिएका व्यवस्था उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई ‘राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित)’ को दफा १०० को उपदफा (क) बमोजिम बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई सचेत गराएको छ ।

त्यस्तै, राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK