काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्री बनेको ३० दिनमा आफूले ३ सय निर्णय गरेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताउका हुन् ।
उनले मन्त्रालयमै दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको बताउँदै व्यस्त कार्यतालिकाका बीच पनि सांसदहरुका कुरा सुन्ने प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
‘३० दिनमा ३ सय वटा निर्णय जति मैले गरेको रहेछु । व्यस्त समयका बीच पनि सांसदहरूलाई सकेसम्म मैले चाहेजति समय दिन सकेको छैन ।’, अर्थमन्त्री वाग्लेले भने, ‘यद्यपि छोटो उभिएरै भएपनि मैले कुरा गर्ने चाहिँ तपाईँहरू धेरैलाई थाहा नै छ ।’
त्यस्तै, अर्थमन्त्री वाग्लेले मन्त्रालयको कामलाई प्राथमिकतामा राख्न आफूले बाहिरी कार्यक्रम, उद्घाटन, माला-खादा र समारोहमा सहभागी हुने क्रम लगभग बन्द गरेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्