Skip to content
LAXMI SUNRISE BANK

गैरकानूनी रुपमा नामको अगाडि ‘डाक्टर’ लेखे ३ वर्ष कैद !

अर्थ सरोकार

काठमाडौँ । गैरकानूनी रुपमा नामको अगाडि डाक्टर लेख्नेलाई कारवाही हुने भएको छ । मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानूनी रुपमा दर्ता नभई नामको अगाडि डाक्टर लेख्नेलाई कारवाही हुने भएको हो । 

अत्यन्त जरुरी सूचना जारी गर्दै मेडिकल काउन्सिलले ‘जिरो टोलरेन्स’ नीति अपनाएर गैरकानूनी रुपमा नामको अगाडि डाक्टर लेख्नेलाई कारवाही गर्ने जनाएको छ । 

यसरी गैरकानूनी रुपमा नामको अगाडि डाक्टर लेख्नेलाई ‘नेपाल मेडिकल काउन्सिल ऐन, २०२०’ को दफा २६ र २७ अनुसार तीन वर्ष जेल र तीन हजारसम्मको जरिवाना वा दुवै सजाय गरिने काउन्सिलले जनाएको छ । 

योसँगै काउन्सिलले साइनबोर्ड, भिजिटिङ कार्ड, फेसबुक, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा गैरकानूनी रुपमा नामको अगाडि लेखिएको डाक्टर हटाउन पनि निर्देशन दिएको छ । यसरी नामको अगाडि गैरकानूनी रुपमा डाक्टर लेखेर चिकित्सा अभ्यास गर्दा र औषधिको प्रेस्क्रिप्सन परामर्श लेख्न जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने काउन्सिलले जनाएको छ । 

त्यस्तै, ‘नेपाल मेडिकल काउन्सिल ऐन, २०२०’ अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन र एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा अनिवार्य दर्ता भएको हुनुपर्ने पनि काउन्सिलले स्पष्ट पारेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK