Skip to content
LAXMI SUNRISE BANK

देउवा दम्पत्तिविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी, इन्टरपोलले माग्यो थप कागजात, छिट्टै नेपाल ल्याइने !

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी गरिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवा र पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी आरजुविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्ने तयारी गरेको हो । 

त्यसका लागि इन्टरपोलले नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)सँग थप कागजातको विवरण माग गरेको प्रहरी स्रोतले बताएको छ । 

स्रोतका अनुसार देउवा दम्पत्तिविरुद्ध कागजात नपुगेकै कारण इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको छैन । तर, ‘रेड नोटिस’ जारी गर्ने प्रक्रियामै रहेको बताइएको छ । माग गरिएका कागजात पाउनेबितिकै इन्टरपोलले देउवा दम्पत्तिविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने स्रोतको दाबी छ ।

‘रेड नोटिस’ जारी भएसँगै देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गरेर नेपाल ल्याइने प्रहरी स्रोतले बताएका छन् । देउवा दम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा गत चैत २४ गते नै जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो ।

चुनावअघि नै उपचारका लागि भन्दै सिंगापुर पुगेका देउवा दम्पत्ति हाल हङकङमा छन् । उनीहरुले चैत ७ गते सिंगापुरबाट हङकङ गएका थिए । जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका क्रममा देउवा निवासमा जलेका नोटहरु भेटिएका थिए । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको हो । सोही क्रममा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK