Skip to content
LAXMI SUNRISE BANK

चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिन जगदीश खरेलको माग, भने- ‘ऋण लिएर फिल्म बनाउन पाइयोस्’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खरेलले यस्तो बताएका हुन् ।

‘चलचित्र क्षेत्रलाई अब उद्योगको मान्यता दिनुपर्छ ।’, उनले भने, ‘म चलचित्र बनाउँछु भनिरहँदा लोन लिएर भए पनि अगाडि बढ्न सकियोस् ।’

त्यस्तै, उनले चलचित्र विकास कोषको अध्यक्ष खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्नेमा जोड दिएका छन् । विधेयकमा कोषको अध्यक्षको कार्यकाल २ वर्षबाट ४ वर्ष बनाइएको र प्रतिनिधि सभाबाट पनि सो कायम गर्नुपर्ने सांसद खरेलको भनाई छ । 

अहिले ‘प्रि-सेन्सर’को प्रावधान टाउको दुखाईको विषयमा भएको उल्लेख गर्दै सो प्रावधान हटाएर सेन्सर बोर्डलाई ‘चलचित्र प्रमाणिकरण समिति’ बनाउन पनि सांसद खरेलले माग गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK