काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंककी असिस्टेन्ट जनरल मेनेजर जेनु थापाले बैंक छोडेकी छिन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व एमडी प्रदिप अधिकारीसँगको शंकास्पद कारोबारमा मुछिएपछि उनले बैंक छोडेकी हुन् ।
सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको कसुरमा पक्राउ परेका अधिकारीसँग संलग्न रहेको देखिएपछि प्रहरीको अनुसन्धान ‘रडार’मा परेकी जेनुले बैंक छोडेको बैंकका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
बैंक जोडेकी थापामाथि अधिकारीको कालो धनलाई ‘सेटलमेन्ट’ गरेको आरोप छ । उनले अधिकारीको अकुत सम्पत्ति आफ्नो नाममा जम्मा गरेको प्रमाणहरु अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको छ ।
यति मात्र होइन, थापाको नाममा ललितपुरमा तीनवटा घरसमेत भेटिएको छ । यता उनको परिवारको नाममा पनि स्रोत नखुलेको करोडौँ रुपैयाँ डिपोजिट भएको पाइएको छ । बैंककै कर्मचारी भएकाले पदको दुरुपयोग गर्दै प्रदिपको कालो धनलाई थापाले ‘सेटलमेन्ट’ गरेको भेटिएको अनुसन्धानमा सहभागी एक अधिकारीले बताएका छन् ।
अर्कोतर्फ प्रदिपले थापालाई ३०-४० (लाख) रुपैयाँ रहेको सुटकेस दिएको पनि अनुसन्धानबाट खुलेको छ । अधिकारीले श्रीमतीसँग गरेको ह्वाट्सएप संवादमा सो कुरा उल्लेख गरेका छन् । यसले अधिकारीले अवैध सम्पत्ति जेनु थापमार्फत नै ‘सेटलमेन्ट’ गराउने गरेको पुष्टि हुने प्रहरीको निष्कर्ष छ ।
यसरी अधिकारीको कालो धनलाई ‘सेटलमेन्ट’ गर्न सहयोग गरेको खुलेपछि थापा प्रहरी अनुसन्धानमा तानिएकी छिन् । प्रहरी अनुसन्धानमा तानिएपछि उनले बैंकको जागिर छाडेकी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्