काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ज्योति प्रकाश पाण्डे निलम्बित भएका छन् । ठगी मुद्दामा पक्राउ परेपछि उनी स्वतः निलम्बनमा परेका हुन् । बैंकका एक संचालकले उनी निलम्बनमा परेको पुष्टि गरेका छन् । आफूले जारी गरेको विज्ञप्ति झुटो ठहर भएपछि बैंकका सूचना अधिकारी राजेश शर्माले भने फोन उठाउन छाडेका छन् ।
बैंकले राष्ट्र बैंकसँगको छलफलपछि महेश शर्मा ढकाललाई कामु सिइओको जिम्मेवारी दिने तयारी गरेको छ । सकेसम्म बाहिरबाट सिइओ ल्याउने, नभए ढकाललाई नै फुल सिइओ दिने तयारी रहेको बैंक संचालकहरुको भनाई छ ।
यद्यपि स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा ढकाल पनि पक्राउ पर्न सक्ने सम्भावना रहेका हुनाले कामु सिइओको जिम्मेवारी दिइहाल्ने कि के गर्ने ? भन्ने विषयमा संचालक समितिमा नै मत बाझिएको दाबी ती संचालकको छ ।
प्रहरीले स्मार्ट टेलिकम प्रकरणमा पाण्डेसहित अन्य केहीलाई पक्राउ गरिसकेको छ । यो प्रकरणको प्रक्रियामा सिइओ सहित अन्य बैंकर पनि संलग्न छन् कि छैनन् भन्ने विषयमासमेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्